डा.केसीले २२ औं दिनमा अनसन तोडे

43

काठमाडौं, मंसिर १९-
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २२ औं दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आइतबार आफ्नो सत्याग्रह अन्त्य गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन् ।

डाक्टर गोविन्द केसी
डाक्टर गोविन्द केसी

शुक्रबार नै डिन सिंहले राजीनामा दिएर केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । शनिबार नयाँ डिनमा प्रडा जगदशीप्रसाद अग्रवाल नियुक्त भइसकेका छन् । २०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ । सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ । शनिबार राति चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत सहमति भएको थियो। शनिबार राति तयार सहमतिपत्रमा सामान्य प्राविधिक विषय मिलाएर ९ बजे हस्ताक्षर भएको थियो । १० बजे उनले अढाइ वर्षे बालकको हातबाट जुस पिएर अनसन तोडे ।

मुटुको चाल निरन्तर अस्थिर भएपछि चिकित्सकले शनिबारराति नै अनशन तोडेर उपचार थाल्न आग्रह गरेका थिए । केसीले सम्झौता परिपक्व बनाएर मात्रै बिहान अनशन तोड्ने जबाफ दिएका थिए । सरकार र डा.केसीबीच भएको सहमतिअनुसार सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मौजुदा कानुनमा परिवर्तन गर्न तीन महिनाभित्र सुझाव दिनेगरी उच्चस्तरीय समिति गठन हुने भएको छ । समितिको नेतृत्व त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा वा विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष डा. पराशर कोइरालाले गरेका छन् । २०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ । सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ ।

Womui
Womui