बञ्चरोले हानेर आमाको हत्या

47

जाजरकोट, मंसिर १९-
सक्ला– १ लैखमकी ६५ वर्षीया देउमी खत्रीको आफ्नै सहोदर छोराले हत्या गरेका छन् । साउन २२ गते गरेको उक्त हत्याको घटना अहिले सार्वजनिक भएको हो । आमाको हत्या गरेर मकैबारीमा गाडेका छोरा बुद्धिवहादुरले साउन २३ गते बिहान गाउँमा आमा घरबाट हराएको आफैले हल्ला चलाएका थिए । खोजिदिन भन्दै प्रहरी चौकीमा निबेदन पनि दिए ।

हत्यामा संलग्न छोरा र बुहारी
हत्यामा संलग्न छोरा र बुहारी

आमा मस्त निद्रामा पुगेपछि बुद्धिबहादुर र उनकी पत्नी शर्मिलाले आफ्नो पूर्व योजना अनुसार हत्या गरेको बताइएको छ । गाउँलेले धामी–झाँक्री लगाएर हत्यारा पत्ता लगाउने डर देखाएपछि वुद्धिवहादुर थप त्रसित बने । अन्ततः उनले हत्या स्विकार गरे । अकल्पनीय हत्याको रहस्य गाउँले आफैले पत्ता लगाएपछि प्रहरीमा खबर गरेर दुबैलाई पक्राउ गर्न सघाए ।

पतिको मृत्युपछि केही समय कान्छो छोरासँग बसेकी आमा बेमेल बढेपछि छुट्टिएर अलग्गै बस्दै आएकी थइिन् । नलसिंहगाड जलविद्युत आयोजना निर्माणका लागि अधिग्रहणमा परेको जग्गा आफनो नाउँमा नामसारी गराउनका लागि छोरा वुद्धिवहादुरले दवाव दिँदै आएका थिए । जग्गाको नामसारी गराउन गरेको प्रयास मालपोतले देउमीका जेठाछोराका छोराछोरीको सहमतिविना गर्न नमिल्ने भनेपछि उनीहरु आमाको हत्या गर्ने योजनामा पुगेका अनुसन्धानबाट खुलेको छ ।

Womui
Womui