श्रमिकहरु लगानीका विरोधी होइनन्ः अध्यक्ष रिमाल

52

श्रमिकविरोधी कानुन र देश बिखण्डन गर्न खोज्नेको डटेर शामना गर्न जिफन्टको निर्देशन

काठमाडौ, मंसिर १७-

lagani-news-photo

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको विरोधी नरहेको स्पष्ट पारे । तर पनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा ʽनो वर्क नो पेʼ चिन्ताको विषय बनेको बताए । उनले भने– ʽकाम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ʽनो वर्क नो पेʼ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । ʽनो वर्क नो पेʼ भनेको श्रम गर्ने श्रमिकको अपमान हो । ʼ उनले भने ।

कारखाना बन्द भयो भने श्रमिकले तलब नलिगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै उनले भने– ʽव्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत छ । हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् । ʼ

उनले बिदेशीको इशारामा संबिधान संसोधनको विषय उठेको भन्दै पहाड र तराईको खण्डनको विषयलाई डटेर शामना गर्न पनि श्रमिकलाई निर्देशन दिएका छन् । यसको बिरोधमा सामेल हुन उनले सम्पूर्ण मजदुरलाई निर्देशन दिएका हुन् । उनले भने–शान्तीपूर्ण आन्दोलनमा सामेल होऔं । उट्पट्याङको काम हामी कसैले नगरौं । बिदेशीको इशारामा भएको संबिधान संसोधनलाई पराजित गर्नुपर्छ । यदि देशको हितमा संबिधान संसोधन गरेको भए प्रष्ट पारेर देखाउन म सरकारलाई चुनौति दिन चाहन्छु ।ʼ

कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले इमान्दारीपूर्वक श्रमिकवर्गको हितमा सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।

Womui
Womui