मध्यपश्चिम क्लब फाईनल प्रवेश

16

नेपालगन्ज, मंसिर १६-
मध्यपश्चिम क्लब कोहलपुर बिशाली साईकल टी–२० अन्डर १६ क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा न्यु बागेश्वरी क्लबलाई १ सय २४ रनको अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको मध्यपश्चिमले २० ओभरमा आफ्नो ६ बिकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । जसमा म्यान अफ दी म्याच भएका भरत थापाले अर्धशतकिय पारी खेल्दै ७३ रन र प्रतिक गिरीकोे ५९ रनको योगदान रहेको थियो ।

न्यु बागेश्वरी कल्बका करण भण्डारीले ३ विकेट लिए । दुई सय १५ रनको लक्ष्य लिएर खेल्न आएको न्यु बागेश्वरी क्लबले १७ दशमलव ५ ओभरमा सम्पुर्ण विकेट गुमाई ९० रनमा सिमित भएपछि बिशाल रन अन्तरले पराजय स्वीकार्न बाध्य भयो । न्यु बागेश्वरीका बिवेक गौतमले २२ तथा करण भण्डारीले १७ रन बनाए । मध्यपश्चिमका भरत थापाले ४ तथा प्रतिक गिरीले ३ विकेट लिए । यसअघि होलिल्याण्ड माध्यामिक फाइनलमा प्रवेश गरिसकेको छ । शनिबार मध्यपश्चिम क्लब र होलिल्याण्ड बीच उपाधीको लागि भिडन्त हुने आयोजकले जनाएको छ । रोयल क्लब बाँकेको आयोजना तथा बिशाली साईकलको प्रयोजनमा मंसिर ६ गतेदेखि प्रतियोगिता सञ्चालनमा आएको हो ।

Womui
Womui