बालविवाह रोक्न सामुहिक प्रतिवद्धता

72

नेपालगन्ज, कात्तिक २५-
नेपालगन्ज नगरका अभिभावक, छात्राहरु र प्रहरी लगायतका बिभिन्न सरोकारवाला निकायले कुनै पनि हालतमा बालविवाह हुन नदिने तथा बालविवाहलाई पूर्ण रुपमा बन्द गराउने सामुहिक प्रतिवद्धता जनाएका छन् । बिहिबार स्थानीय सरस्वती उच्चमाविमा सेभ द चिल्ड्रेनको आथिृक सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके तथा महिला एवं बालबालिका कार्यालय बाँकेको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको ‘बालविवाह विरुद्धको सचेतना अभियान’ नामक छलफल कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो ।

बालविवाह विरुद्धको सचेतना अभियान कार्यक्रममा सहभागि ।
बालविवाह विरुद्धको सचेतना अभियान कार्यक्रममा सहभागि ।

सो बिद्यालयमा अध्ययनरत छात्राहरुमा बालविवाह बारे चेतना फैलाउने उदेश्यले सो कार्यक्रको आयोजना गरिएको थियो । सयौं छात्राहरु, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राइले बालविवाह गर्नुु र गर्न लगाउनु गैरकानुनी कार्य भएकाले अबदेखि बाँकेमा बालविवाह हुन नदिने बताए । बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा बिद्यार्थि, बालक्लब, अभिभावक र विभिन्न गैर सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । सो अवसरमा उहाँले बालिकाहरुलाई बालविवाहले पारेका नकारात्मक असरका उदाहरणसहित प्रशिक्षण समेत दिनु भएको थियो । म्हिला लैंगिक हिंसा जिल्ला संजालका अध्यक्ष रचना श्रेष्ठले बालविवाहका कारण धेरै किशोरीहरुको मृत्युु समेत भैसकेकाले सो रोक्न सबै एकजुट हुनपर्ने बताए ।

nmc-college-1000x75-pixel

महिला तथा बालबालिका कार्यालय बाँकेका फोकल पर्सन बिन्दु कुँवरले सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको अभावका कारण नै बालविवाह हुने गरको जनाउँदै सो बारेमा चनाखो हुन सबैसंग आग्रह गरे । सो अवसरमा अभिभावकहरुका तर्फबाट पुष्पा गिरी र छात्राहरुको तर्फबाट कक्षा १० की छात्रा कृष्णा कट्टेलले आफुहरुले बालविवाहका हानीहरु बुझिसकेको जनाउँदै अब देखि कुुनै पनि हालतमा कसैलाई बालविवाह गर्न र गराउन नदिने प्रतिबद्धता ब्यक्त गरिन् । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला, राससका क्षेत्रीय प्रमुख निरज गौतम, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, बालक्लब संजालका प्रमुख साहिल अन्सारी र सरस्वती उच्च माविका निमित्त प्रधानाध्यापक उर्मिला खरेलले पनि वालविवाह रोक्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा त्यहाँ उपस्थित छात्राहरु लगायत सबैलाई बालविवाहले पुरयाउने प्रभावका बारेमा तयार पारएको डकमेन्ट्री पनि देखाइएको थियो । बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिकामा संचालन गरेको सहयात्रा परियोजना अन्तरगत सो छलफल र अन्तरक्रिया आयोजना गरिएको कार्यक्रम संयोजक आशिष बर्माले बताए ।

Womui
Womui