‘सुशील कोईराला स्मृती पत्रकारिता पुरस्कार’ स्थापना

139

नेपालगन्ज, कात्तिक २५-
पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गिय सुशील कोईरालाको स्मृतीमा नेपाल प्रेस युनियन बाँकेले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बिहीबार नेपालगन्जमा सम्पन्न बैठकले ‘सुशील कोईराला स्मृती पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।

 पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोईराला ।

पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोईराला ।

संविधान कार्यान्वयन र लोकतन्त्रलाई संस्थागत गर्न टेवा पु¥याउने खालका समाचार तथा लेख सामाग्रीका माध्यमले वकालत गर्दै आएका सञ्चारकर्मीलाई यो पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागी स्वर्गिय कोईरालाको गृहजिल्ला बाँकेका नेपाली काँग्रेसका सांसद अब्दुल हमिद सिद्धिकी(भोला)ले संसद विकास कोषबाट २ लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ, भने बाँकेबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका अन्य सांसदले पनि सहयोग गर्ने बचन दिएका छन् । ‘सुशील दाईको नेतृत्वमा मुलुकले संविधान पायो, उहाँको योगदान जीवन्त राख्न मैले यो पुरस्कार स्थापनामा सहयोग गरेको हुँ,’ सांसद सिद्धिकीले भने ।

पुरस्कार स्थापनाका विषयमा बिहीबार गरिएको छलफल ।
पुरस्कार स्थापनाका विषयमा बिहीबार गरिएको छलफल ।

सांसद सिद्धिकीको विशेष उपस्थितीमा बसेको बैठकमा युनियन बाँकेका कार्यसमिति पदाधिकारी, युनियनका सल्लाहकारद्धय हेमन्त कर्माचार्य र निरज गौतमको सहभागिता रहेको थियो । सो क्रममा युनियन बाँकेका अध्यक्ष शाहले पुरस्कार स्थापनामा सहयोग गर्नु भएकोमा सांसद सिद्धिकीलाई धन्यवाद दिदै अन्य सांसद सहित विभिन्न पेशा र क्षेत्रका व्यक्ति र संस्थालाई सहयोग हुने अपेक्षा गरे । यस्तै नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले स्थापित उक्त पुरस्कारलाई अगाडी बढाउन पार्टीले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सबै क्षेत्रलाई सहयोगको आग्रह गरिन् ।

nmc-college-1000x75-pixel

Womui
Womui