सुजातालाई राज्यकोषबाट ५० लाख दिन बार्गेनिङ

43

काठमाडौं, कात्तिक २५-

Sujata Koirala.JPG
Sujata Koirala.JPG

स्तन क्यान्सरले ग्रसित कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ आर्थिक सहायता गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको खुलासा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको स्रोतले बतायो । त्यस्तै प्रधानमन्त्रीविरुद्ध रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सुजातालाई आर्थिक सहायत दिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको स्रोतले बतायो । सुजाताको उपचारका लागि एक करोड रुपैयाँ दिइनुपर्ने वा त्यसो गर्न नसके ५० लाख रुपैयाँ दिनैपर्ने भन्दै देउवा र निधिले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार सुरुमा सुजाताले निजी जग्गा बेचेर उपचार गर्ने बताए पनि देउवा र निधीले प्रचण्डसँग कुरा गरेर एक करोड आर्थिक सहायता जुटाइदिने श्वासन दिएका थिए भने उता प्रधानमन्त्री प्रचण्डले यति ठूलो रकम उपचार खर्चका नाममा निकासा गर्दा जनताले आफ्नो सरकारको आलोचना गर्ने तर्क अघि सारेको स्रोतले बतायो ।

 

Womui
Womui