विज्ञान र प्रविधिमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

41

काठमाडौं, कात्तिक २५-

PM Prachanda
विज्ञान तथा प्रविधि र अनुसन्धानका क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।  नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषणः सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि लगानी बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । यसैबीच प्रधानमन्त्री दाहालले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्दै देशलाई आर्थिक र सामाजिकका साथै विज्ञान र प्रविधिको विकासतर्फ समेत मुलुकलाई उन्मुख गर्ने सरकारको तयारी रहेको बताए।

Womui
Womui