गणेशमानको सम्झनामा दीप प्रज्वलन

37

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २४–
लौह पुरुष स्व. गणेशमान सिंहको १ सय १ औं जन्म जयन्ती बाँकेमा मनाइएको छ । जन्म जयन्तीका अवसरमा नेपालगन्जको गणेशमान चोकमा बुधबार बेलुका दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, उपसभापति सुनिल नरिसिंह राणा, पुर्व पार्टी सभापतिद्धय सनत रेग्मी र युवराज शर्मा, पुर्व सांसद कृष्णसिंह परियार लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्ने बक्ताले स्व. गणेशमान सिंहको योगदानको बारेमा चर्चा गरेका थिए । नेपाली काँग्रेसलाई बलियो पार्टी बनाउन स्व. सिंहको योगदान उच्च रहेको बक्ताहरुले जोड दिएका थिए ।

75x600dd-restyrabt

Womui
Womui