होटलबाट चार जुवाडे पक्राउ

52

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ९-
नेपालगन्जको बसपार्कमा रहेको बुटवल होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जना जुवाडेलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले उनीहरुलाई नगद र तासको गड्डी सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज–५ निवासी ३४ बर्षिय आशिष पोखरेल, सोही ठाउँका ५४ बर्षिय सन्तबहादुर कार्की, ४० बर्षिय रामु पन्त र चितवन राप्ती नगरपालिका ४ बस्ने ३६ बर्षिय रामकृष्ण अधिकारी रहेको वडा प्रहरी इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दले नागरिकलाई जानकारी दिए । जुवाडेको साथबाट नगद २४ हजार ९ सय र एक गड्डी तास बरामद गरिएको उनले बताए । उनीहरुलाई आवश्यक कारबाहीका लागी वडा प्रहरी कार्यालयमै राखिएको छ ।

75x600dd-restyrabt

Womui
Womui