पत्रकार मल्लको परिवारलाई शोक

220

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ७-
नेपालगन्जमा सक्रिय पत्रकार बिजय मल्लकी बहिनी निशा मल्लको १७ वर्षको उमेरमै असामयिक निधन भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार बेलुका निधन भएको हो । स्वर्गिय निशाको आइतबार दिउँसो बाँकेको कम्दीस्थित सिधनियाघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

पत्रकार विजय मल्लको घरमा भेला भएका आफन्त, स्थानीय बासिन्दा लगायत ।
पत्रकार विजय मल्लको घरमा भेला भएका आफन्त, स्थानीय बासिन्दा लगायत ।

यसैबीच नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा सदभाव दैनिकका संवाददाता समेत रहेका पत्रकार मल्लको बिहिनीको निधनप्रति नेपाल प्रेस युनियन केन्द्रिय समिति, भेरी अञ्चल समिति तथा जिल्ला कार्यसमिति बाँकेले दुःख व्यक्त गरेका छन् । युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक वक्तव्य प्रकाशित गरी दिवंगत निशाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

राप्ती नदीको सिधनियाघाटमा अन्त्यष्टी गरिदै ।
राप्ती नदीको सिधनियाघाटमा अन्त्यष्टी गरिदै ।

यस्तै युनियनका भेरी अञ्चल संयोजक राजेन्द्र कार्कीले पनि शोक वक्तव्य प्रकाशित गरी निधन भएको खवरले मर्महात गराएको उल्लेख गरेका छन् । ‘दिवंगत निशाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त मल्ल परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ वक्तव्यमा भनिएको छ । यसैगरी युनियन बाँकेका सचिव अर्जुन ओलीले पनि एक शोक वक्तव्य प्रकाशित गरी १७ वर्षको उमेरमै असामयिक निधन भएकोमा मर्माहत भएको बताएका छन् । ‘यस दुखत घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।

sok-baktabe-press-union-banke

साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भन्दै नेपाल प्रेस युनियन बाँके शाखा गहिरो समवेदना प्रकट गर्दछ,’ शोक वक्तत्वमा भनिएको छ । त्यस्तै नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवाजका कार्यक्रम सञ्चालक प्रकाश आचार्य उपाध्यायका पिता कृपाराम उपाध्यायको निधन प्रति युनियन केन्द्रिय समिति र भेरी अञ्चल समितिले दुःख व्यक्त गरेका छन् ।

75x600dd-restyrabt

Womui
Womui