बाल क्लबका पदाधिकारीलाई सामाग्री

143

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ६-
बाल क्लबका पदाधिकारीलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बाँके युनेस्को क्लब र एकिकृत सामाजिक विकास केन्द्र(आइएसडिसी) नेपालको सहजीकरणमा सञ्चालित दुई दिने क्षमता विकास तालिम समापनका क्रममा शनिबार सामाग्री प्रदान गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसी ।
सामाग्री हस्तान्तरण गर्दै एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसी ।

उक्त सामाग्रीहरुमा बाकस, ताला चाबी, हेन्ड माईक, पन्चिङ, स्ट्यापलर, रजिष्टर, कार्बन, स्केल, साबुन लगायत विभिन्न सामाग्री प्रदान गरिएको हो । आइएसडिसीका अध्यक्ष चित्रबहादुर केसीले बाल क्लबका पदाधिकारीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । तालिम समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, श्रवणकुमार गुप्ता, आइएसडिसीका कार्यक्रम संयोजक शेरबहादुर रेउले लगायतको उपस्थिती रहेको थियो । दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा २९ जना बालक्लबका पदाधिकारी सहभागी भएका थिए ।

 सामाग्री हस्तान्तरण पश्चात सामुहिकत तस्बिर खिचाउँदै ।
सामाग्री हस्तान्तरण पश्चात सामुहिकत तस्बिर खिचाउँदै ।

 

 

 

 

Womui
Womui