सुविधायुक्त होटल ह्वाईट हाउस सञ्चालनमा

150

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ६-
नेपालगन्जको राँझा नजिकै गनापुर– १ मा होटल ह्वाईट हाउसले आफ्नो सेवा प्रारम्भ गरेको छ । होटल ह्वाईट हाउस रिजेन्सी प्रा.लीले पहिलो चरणमा १६ करोड ७३ लाख रुपैयाँ लगानी गरी होटल सञ्चालनमा ल्याएको हो । राजमार्गबाट झण्डै ५ सय मिटर पुर्वमा अवस्थित साढे २६ कठ्ठा जमिनमा होटल सञ्चालनमा ल्याइएको हो । होटलले पहिलो चरणमा १६ करोड ७३ लाख रुपैयाँ लगानी गरेपनि दोस्रो र तेस्रो चरणमा कुल ६० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

राँझास्थित गनापुर–१ मा सञ्चालित होटल ह्वाईट हाउस ।
राँझास्थित गनापुर–१ मा सञ्चालित होटल ह्वाईट हाउस ।

तेस्रो चरणको पुर्वाधार सम्पन्न भएपछि होटलले फोर स्टरको मान्यता पाउने होटल सञ्चालक विलास पराजुलीले बताए । पहिलो चरणमा स्वीमिङ पुल सहित सेमिनार हल, साईड क्याफे (रेष्टुरेन्ट), हेल्थ क्लब (जिम) सेमिनार हल एवम् गार्डेन तथा पार्क लगायतको व्यावसायिक सेवा प्रारम्भ भएको जानकारी दिइएको छ । पराजुलीका अनुसार यसपछि पार्टी प्यालेस, फिसिङ प्वाइन्ट, मिनी जू, स्पा, सौना, ज्याकिजु, शैलुन, ब्यूटी पार्लर सहितको निर्माण सम्पन्न गरिनेछ । होटलले नेपाली र विदेशी पाहुनालाई लक्षित गरी होटल कम्पाउन्डभित्रै वाटर स्लाईडिङ र फन पार्क स्पोटर््स सहितको वाटर एण्ड फन पार्क निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी तिव्र ढंगले गरिरहेको छ ।

hotel-white-house

आफ्नो सेवा विस्तार गर्ने क्रममा रेष्टुरेन्ट एवम् ‘वाटर एण्ड फन पार्क’ मा शान्त वातावरण, गुणस्तरिय खाना, नेपाली लोकल परिकार लगायतको सुनिश्चितता गराउँदै दिपावली पश्चात दोस्रो चरणमा ९० वटा गेष्ट रुम निर्माणको प्रक्रिया सुरु गर्ने सञ्चालकको योजना छ । तीन चरणको काम सम्पन्न भएपछि मिनी क्यासिनो, स्पोर्ट्स जोन, तीन वटा सेमिनार हल, ठुलो रेष्टुरेन्ट, पाँच तले भवन सहित ९० वटा गेष्ट रुम लगायत चार तारे होटलमा दिइने सुविधा समावेश हुने बताइएको छ ।

hotel-white-house-3

नेपालगन्जमा खुलेका स्तरिय होटलले दिइरहेको सेवा सुविधा भन्दा कुनै कमी हुन नदिने बताउँदै पराजुलीले भने, ‘हाम्रो यहाँ मुर्गीको अचार, च्यांग्रा मासुका परिकार, चौरी गाईको घ्यूमा बनेको पुलाउ र बिर्यानी, जुम्ली अग्र्यानिक एप्पल ब्य्रान्डी, बनाना वाइन जस्ता नयाँ चिजहरु हुनेछन् ।’

75x600dd-restyrabt

Womui
Womui