लोकमान प्रकरण : यसरी भयो दाहालको बोली बन्द

99

75x600dd-restyrabt

काठमाडौं, कात्तिक ६-
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा माओवादी केन्द्र अबको प्रक्रियाबारे अलमलमा छ । महाभियोग प्रस्ताव दर्ताअघि कार्कीलाई कारबाही पक्षमा देखिएका माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्ताव दर्तापछि मौन छन् । प्रस्ताव दर्ताको दुई दिन बित्दा पनि दाहालले अबको प्रक्रियाबारे जानकारी नगराएपछि दलका नेतारसांसद पक्ष या विपक्ष कता लाग्ने भन्ने अन्योलमा छन् । माओवादी केन्द्रका ५० र प्रमुख प्रतिपक्ष एमालेका एक सय सात सांसदले संयुक्त रुपमा बुधबार संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्।

PM Prachanda

प्रस्ताव दर्तापछि विशेषगरी सत्तारुढ ठूलो घटक नेपाली कांग्रेस र माओवादीले उक्त प्रस्तावबारे प्रष्ट धारणा बनाउन नसक्दा शुक्रबार बस्ने तय भएको संसद् बैठक सूचना टाँसेर आइतबारसम्म स्थगित गरिएको छ । कार्की विरुद्धको महाभियोग प्रस्ताव अब कसरी अघि बढ्छ भन्ने प्रक्रिया जान्न जनता उत्सुक देखिए पनि दल अलमलमा छन् । ‘सुरुमा आफैंले सहमति जनाएको विषयमा एकाएक चुप लाग्नुले उहाँ (दाहाल) का सामु धेरै नै चुनौती छ भन्ने बुझ्नुपर्छ,’ ती नेताले भने, ‘त्यसैले हामीले पनि केही दिन पर्ख र हेरको मनस्थिति बनाइरहेका छौं ।’ प्रधानमन्त्री निवास बालुवाटर स्रोतका अनुसार कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि माओवादी केन्द्रलाई अब के गर्ने भन्नेबारे निर्णय गर्न गाह्रो भइरहेको छ । ‘महाभियोग प्रस्ताव दर्तापछि बिहीबार एकपटक हेडक्वार्टर बैठक बसेको हो,’ स्रोतले भन्यो, ‘त्यतिबेला सत्तारुढ कांग्रेसको निर्णय पर्खनुपर्ने धारणा बनेको हो ।

nmc-college-1000x75-pixel

त्यसपछि बैठक बस्न सकेको छैन ।’ माओवादी हेडक्वार्टरका ए सदस्यका अनुसार महाभियोग प्रस्ताव दर्तापछि यस विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको मुख ‘बन्द’ जस्तै छ । ‘अहिलेसम्म पार्टीको आन्तरिक च्यानल, सत्तारुढ गठबन्धन र मन्त्रिपरिषद्मा महाअभियोगबारे प्रधानमन्त्रीले केही पनि बोल्नुभएको छैन, जानकारी गराउनुभएको छैन,’ स्रोतले भन्यो, ‘महाअभियोग प्रस्तावबारे पार्टी्भित्र र बाहिर अनेक आंशका उत्पन्न भएपछि शनिबार हेडक्वार्टर बैठक बस्ने सम्भावना छ । सोही बैठकमा अध्यक्षले केही कुरा राख्नु होला भन्ने अपेक्षा छ ।’ आजको नागरिकमा खबर छ ।

Womui
Womui