सर्वसाधारणलाई नयाँ नोट पाउनै मुस्किल

294

नेपालगन्ज, असोज २२-
दसैका लागि नयाँ नोट लिन बैंक तथा वित्तिय संस्थामा धाउने सर्वसाधारण रित्तो हात फर्किरहेका छन् । विशेषगरी बैंक तथा वित्तिय संस्थाको पहुँचमा नरहेका व्यक्ति सुविधाबाट बन्चित हुने गरेका छन् । राष्ट्र बैंकमा पुगेपनि उनीहरुले घण्टौं समय लाइनमा उभिएर थप सास्ती खेप्नु परेको छ । कोहलपुरका दलबहादुर खत्रीले राष्ट्र बैंकबाट नयाँ नोट साट्न निकै सास्ती खेपे ।

नेपालगन्जस्थित राष्ट्र बैंक अगाडी लाइनमा उभिएका सर्वसाधारण ।
नेपालगन्जस्थित राष्ट्र बैंक अगाडी लाइनमा उभिएका सर्वसाधारण ।

चर्को गर्मीमा राष्ट्र बैंक अगाडी लाइनमा उभिएका उनले कोहलपुर क्षेत्रका बैंकले आफ्ना आफन्त र नजिकका व्यक्ति तथा ग्राहकलाई मात्र नयाँ नोट बाँड्ने गरेकाले आफु राष्ट्र बैंक सम्म आउनु परेको गुनासो पोखे । ‘बैंकमा हाम्रो चिनेको मान्छे कोही छैनन्, नयाँ नोट साट्न जादाँ बैंकले हामी जस्ता साधारण मान्छेलाई दिदैनन्,’ उनले भने ‘आफ्नो ठाउँमा नपाउँदा बाध्यताले यहाँ आएको हुँ ।’ दसैका लागि नयाँ नोट खोज्दै बाँके, खजुराका सुजन अधिकारी पनि बुधबार नेपालगन्ज धम्बोझीस्थित हिमालय बैंकमा पुगे । बैंकको नियमित ग्राहक नभएकै कारण उनले नयाँ नोट पाएनन् । निराश भएर त्यहाँबाट निस्केका अधिकारी धम्बोझी चोममा रहेको राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा गए । त्यहाँ करिव २ घण्टा लाईनमा उभिएर उनले नयाँ नोट पाए । ‘सोर्स फोर्स हुनेले नयाँ नोट सजिलै पाउने रैछन, हामी जस्ता साधारण मान्छेले पाउन यति धेरै सास्ती खेप्नु प¥यो,’ अधिकारीले भने ।

for-use-facebook-happy-daishain-khadka-nirman-sewa

राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरुप्रसाद पौडेलले सर्वसाधारणले सहज रुपमा नयाँ नोट पाउन भन्ने उद्देश्यले नै बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट दिइएको बताएका छन् । उनले भने, ‘बैंक तथा वित्तिय संस्थाले हामीसँग नयाँ नोट लिएर सर्वसाधारणलाई बाँड्ने हो, तर उनीहरुले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन ।’ राष्ट्र बैंक नेपालगन्जले मध्यपश्चिमका राप्ती, भेरी र कर्णालीका बैंक(नोट कोष)का लागि ३० करोड भन्दा बढी नयाँ नोट वितरण गरिसकेको छ । असोज १६ गते यता सर्वसाधारणका लागि दैनिक १ देखि २ करोड रुपैयाँ नयाँ नोट वितरण गरिरहेको निर्देशक पौडेलले जानकारी दिए ।

Womui
Womui