पहुँचवाला व्यक्तिलाई सरकारी जहाजको टिकट

25

नेपालगन्ज, असोज २२-
घर जानका लागि जहाजको टिकट नपाएपछि ठेहे–५, हुम्ला निवासी लोकजन भण्डारी यतिबेला तनावमा छन्् । टिकटका लागी उनी नेपालगन्ज धम्बोझीस्थित नेपाल वायु सेवा निगम कार्यालयमा बारम्बार धाए । तर, शुक्रबार दिउँसो भण्डारी रित्तो हात फर्किए । ‘धेरै पटक प्रयास गरे, टिकट नै पाइएन,’ उनले भने ‘दसै मनाउन घर जाने सपना अधुरो भयो ।’ सरकारी र प्राइभेट कम्पनीका जहाजको उडान पहाडी जिल्लामा निकै कम हुनु, सरकारी जहाजको टिकटमा पहुँचवाला व्यक्तिको मात्र मनपरी हुनुले सामान्य व्यक्तिले टिकट पाउन नसकेको भण्डारीको बुझाई छ ।

नेपालगन्जको धम्बोझीस्थित नेपाल वायुसेवा निगमको काउन्टर अगाडी टिकटको प्रतिक्षा गरिरहेका कर्णाली अञ्चलका यात्रु ।
नेपालगन्जको धम्बोझीस्थित नेपाल वायुसेवा निगमको काउन्टर अगाडी टिकटको प्रतिक्षा गरिरहेका कर्णाली अञ्चलका यात्रु ।

काठमाडौंमा इन्जिनियर विषय पढिरहेका हुम्ला, ठेहे निवासी विकास बोहरा दसै मनाउनका लागी केहीदिन अघि नेपालगन्ज आए । घर सम्म पुग्न हवाई यातायात बाहेक अर्को विकल्प नभएपछि उनले पनि टिकटका लागी सरकारी र प्राइभेट कम्पनीमा धाए, तर पनि पाएनन् । टिकट पाउने आशामा धम्बोझीस्थित निगम कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि २ बजेसम्म प्रतिक्षामा बसेका बोहरा नपाएपछि निराश भएर फर्किएका छन् । वर्षमा एक पटक आएको चाडपर्वमा घर जान नपाउँदा उनी निकै तनावमा छन् । ‘सरकारी टिकट त ठुला र पहुँच भएका व्यक्तिले मात्रै पाउँदा रहेछन, हामी जस्ता साधारण व्यक्तिले पाउँदैनौं,’ उनले भने । हवाई टिकट नपाउँदा कर्णाली अञ्चलका थुप्रै सर्वसाधारण नेपालगन्जमा अलपत्र परेका छन् । विशेषगरी हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर अलपत्र परेका हुन् । जहाजको टिकट नपाएका कर्णालीबासी अधिकांस नेपालगन्जमा आफन्त, इष्टमित्र तथा साथीको घरमा आश्रय लिएका छन् ।

75x600dd-restyrabt

घरमा जान नपाएपछि उनीहरुको दसै खल्लो हुने निश्चित भएको छ । प्राइभेट कम्पनीका अधिकांस जहाजले अचेल कर्णाली अञ्चलमा अचेल उडान भर्न छाडेका छन् । सरकारी जहाज कम्पनी वायु सेवा निगमको उडान तालिका कम छ । यसले गर्दा कर्णालीका यात्रुलाई पर्याप्त मात्रामा टिकट वितरण गर्न नसकिएको निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । वायु सेवा निगमले ट्वीनिटर जहाजले नेपालगन्जबाट हुम्लाको सिमीकोट, ताल्चा, डोल्पा, जुम्ला, चौरजहारी, बाजुरा, रुकुम र काठमाडौं लागि उडान भर्दै आएको छ । यि ठाउँमा निगमले हप्तामा २ देखि ३ पटक उडान भर्ने गरेको पाइएको छ । कर्णाली अञ्चलको हुम्लामा केही समययता हप्तामा ३ पटक सम्म उडान भर्ने गरेपनि टिकट वितरणमा मन्त्री, राजनीतिक दल, निगमका कर्मचारी र पहुँचवाला व्यक्तिले आफ्ना मान्छेलाई बढी प्राथमिकता दिने गरेका कारण सर्वसाधारणलाई समस्या भएको स्रोतले जनाएको छ ।

निगमका नेपालगन्ज स्टेशन म्यानेजर तुलसीप्रसाद उपाध्यायका अनुसार सातामा हुम्लाको सिमीकोटमा ३ र ताल्चा, डोल्पा, जुम्ला, चौरजहारी, बाजुरा, रुकुम र काठमाडौंका लागि २÷२ वटा उडान भर्दै आएको छ । ‘अन्य ठाउँको तुलनामा हुम्लामा एउटा उडान बढी छ, तरपनि हुम्लामा बढी समस्या देखियो,’ उनले भने । करिव १३ जना यात्रु बोक्न सक्ने क्षमता भएको एक मात्र ट्वीनिटर जहाज उडान हुदाँ टिकट बाँड्न समस्या भएको कर्मचारी बताउँछन् । सरकारी जहाज कम्पनी भएकाले मन्त्री, राजनीतिक दल र निगमका उच्च अधिकारीको टिकट वितरणमा हस्ताक्षेप हुने गरेको कर्मचारीको गुनासो छ । निगमको टिकट काउन्टरमा कार्यरत जुनियर असिष्टेन्ट खेमराज आचार्यले नियम अनुसार प्रत्येक उडानमा २÷२ वटा सिट सरकारी कोटा र पर्यटकका लागि छुट्याइन्छ । ‘सर्वसाधारण यात्रु चढ्न पाउने ९ वटा सिटमा हो, यसमा पनि कहिले काही हामीलाई बिभागबाट निर्देशन आएपछि आवश्यकता अनुसारको सिटको व्यवस्था गरिदिनुपर्ने अवस्था आउँछ,’ आचार्यले भने ।

Womui
Womui