‘मफिया इशाराले डिनमा चलखेल’

35

काठमाडौं, असोज २१-
आमरण अनशनमा रहेका डा. गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसंँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वस्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए ।

Dr Govinda Kc

अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए । ‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’ उनले भने,कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’ उनले शुल्क प्रतिवेदन खारेजी चिकित्सा शिक्षासम्बन्धी ऐन तत्काल पास गर्नुपर्ने,सुशासनलगायतका प्रमुख मागमा बहस नै नगरी डिन नियुक्ति विषयलाई मात्रै उछालिएको र वरिष्ठलाई रोकेर पार्टी कार्यकर्ता भर्तीमा लागेको समेत आरोप लगाए । आजको नागरिकमा खबर छापिएको छ ।

Womui
Womui