निर्वाचन आयुक्त शर्मा र भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्तबीच विवाह हुने

43

काठमाडौं, असोज २०-
निर्वाचन आयोगकी निर्वाचन आयुक्त इला शर्माको भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह हुने भएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले शर्मा र कुरैसी यसैहप्ता विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । ६९ वर्षीय कुरैसी र ४९ वर्षीया शर्माको भेट सन् २०१५ मा मेक्सिकोमा आयोजित राजनीति र पैसा विषयक एक अन्तराष्ट्रिय सम्मेलनमा भएको थियो ।

ila-kureshi

त्यस भेटपछि एकअर्कासँग नजिकिएको र प्रेम सम्बन्धमा रहँदै आएको समाचारमा उल्लेख छ । इला शर्मा आफ्ना पति नवराज पौडेलको १५ वर्ष अघि माओवादी द्वन्द्वकालमा निधन भएपछि एक्लै रहँदै आएकी छन् । कैरेसी भने आफ्नो पत्रकार पत्नी हुमा कैरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै रहँदै आएका छन् ।

Womui
Womui