जापानद्वारा विभिन्न सात परियोजनाका लागि ६१ करोड सहयोग

35

काठमाडौं, असोज २०-

जापान सरकारले विभिन्न सात परियोजनाका लागि नेपाल सरकारलाई  ६१ करोड सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न  ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड, गोदामघर निर्माण गर्न  तीन करोड सहयोग गरेको हो । त्यस्तै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न  पाँच करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  दुई करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा  तीन करोड प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ ।

Womui
Womui