दसै बसमा आजबाट पुनः टिकट बुकिङ

90

काठमाडौं, असोज १७-
उपत्यकाका टिकट काउन्टरमा बिहानैदेखि यात्रुको भिड लाग्छ। दसैंको लागि उपत्यका बाहिर जाने यात्रु दैनिक जसो काउन्टरमा पुग्ने गर्छन् । बिहानैदेखि काउन्टरमा पुगेर दिनभर बस्दा पनि टिकट भने पाउन सकेका छैनन् । राजधानीको नयाँबसपार्क, सुन्धारा, कंलकी, कोटेश्वर, गौशाला, पुरानो बसपार्कस्थित टिकट काउन्टर सबै ठाउँमा उस्तै देखिन्छ । यात्रुको गुनासो समेत एउटै छ, ‘बसको टिकटै पाइएन ।’ नयाँ बसपार्कमा भेटिएका गुल्मीका धन अधिकारीले पनि टिकट नपाएको गुनासो गरे ।

SAMSUNG CAMERA PICTURES

अधिकारी टिकट पाउने आसमा ६ बजे बसपार्क पुगे पनि दिउँसोसम्म टिकट नपाएपछि निरास अनुहारमा टोलाइरहेका थिए । टिकट नपाएर अधिकारीजस्तै टोलाउने सर्वसाधारण बसपार्कमा प्रसस्त थिए । नयाँ बसपार्कमा मात्र नभएर अन्य टिकट काउन्टरमा पनि अवस्था उस्तै थियो । गौशालामा भेटिएका राजु गैरे बुटवल जाने टिकट नपाएपछि निरास थिए । ‘बिहानै आएको काउन्टरले टिकट छैन् भन्छ, दिन्छ कि भनेर कुरिरहेको छु,’ गैरेले सुनाए, बितेका वर्षमा पाउँदै नपाउने हुँदैनथ्यो ।’ बिगतमा भन्दा यस वर्ष टिकट नपाएको गुनासो अत्यधिक आइरहेको प्रहरी सहायता कक्षमा बसेकाहरू बताउँछन् ।

असोज ७ मा खुलेको टिकटको अग्रीम बुकिङ २२ गतेसम्मका लागि सकिइसकेको छ । सरकारले सिट क्षमताभन्दा बढी यात्रु हाल्न नपाउने नियम बनाएपछि यातायात व्यवसायीले बस नथपेकाले समस्या बढेको हो । दसैंमा सिट क्षमताभन्दा दोब्बर यात्रु बोकी जोखिमपूर्ण रुपमा बस गुडाउँदै आएका व्यवसायी सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाएपछि बस नथपेको बताउँदै आएका छन् । नागरिकन्यूजमा खबर छ ।

Womui
Womui