विश्व अहिंसा दिवसमा बहुभाषिक कवि गोष्ठी

131

नेपालगन्ज, असोज १५-
विश्व अहिंसा दिवसको अवसरमा सामाजिक सदभाव तथा शान्तिका लागि बहु भाषिक कवि गोष्ठी नेपालगन्जमा सम्पन्न भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको कार्यक्रममा विभिन्न धर्म समुदायका करिब ३ दर्जन श्रृष्टाहरुले शान्ति र सामाजिक सदभाव र महात्मा गान्धी जयन्तीका सन्दर्भमा रचनाहरु वाचन गरेका थिए ।

dsc076961

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकारहरु सच्चिदानन्द चौवे, विष्णुलाल कुमाल, डा विनोद कर्ण, श्यामान्नद सिंह, शुक्रऋषि चौलागाई, लोकबहादुर राना, मधु पौडेल, रुवी साई, मधइसिंह सरदार, असफाक संघर्ष, शिवप्रसाद पाठक, अब्दुल लतिफ शौंक, सन्तोषी विष्ट, नसिम कादरी, सन्तोषी सिंह, शिशिर सापकोटा, शाहिदा शाह, कृपाराम गडरिया, कल्पना खरेल लगायतले आ आफनो रचना बाचन गरे ।

dsc076811

Womui
Womui