पहिरोले टहरो पुरिदा तीन जनाको ज्यान गयो

66

सिन्धुपाल्चोक, असोज १५-
अविरल बर्षापछि आएको पहिरोले टहरो परिँदा राम्चे–७ पूरानागाउँमा एकै परिवारका तीनको ज्यान गएको छ । शनिबार बिहान साढे दुई बजेतिर गाउँमाथिको राम्चे भिर खसेर टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमिल्सिना, उद्धव तिमिल्सिना र सम्झना तिमिल्सिनाको मृत्यु भएको हो । पहिरो पन्छाएर प्रहरीले उनीहरुको शब फेला पारेको थियो । पहिरोबाट चन्द्रकान्त तिमिल्सिना र कमला तिमिल्सिनालाई जिवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु पाण्डेले जानकारी दिए ।

pahiro

पाण्डेका अनुसार उनीहरु घाइते छन् । घाइतेहरु ससुरा, बुहारी हुन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचार भइरहेको छ । मृतक उद्धव, सम्झना श्रीमान, श्रीमती र अर्का मृतक रामकुमार उनीहरुको दाजु हुन् । घटनाको जानकारीपछि बाह्रविसेबाट प्रहरी निरिक्षक पाण्डे नेतृत्वको प्रहरी टोली बिहान चार बजे घटनास्थल पुगेको थियो ।

Womui
Womui