साहित्यकार न्यौपानेको प्रस्तुती

130

नेपालगन्ज, असोज १५-
चर्चित साहित्यकार अमर न्यौपानेले शुक्रबार नेपालगन्जमा साहित्यिक प्रस्तुती पस्केका छन् । बार्दली फाउण्डेसनले साहित्यिक श्रृंखला–१ अन्तर्गत ‘बार्दलीमा अमर न्यौपाने’ कार्यक्रम आयोजना गरेको कार्यक्रममा युवा आख्यानकार न्यौपानेले प्रस्तुती देखाएका हुन् ।

कविता बाचन गर्दै  साहित्यकार अमर न्यौपाने । तस्बिर : उमा थापामगर
कविता बाचन गर्दै  साहित्यकार अमर न्यौपाने । तस्बिर : उमा थापामगर

कार्यक्रममा साहित्यकार न्यौपानेले आपुल, नदी, पशुपंक्षीको दसै लगायत आफ्ना कविता प्रस्तुत गरे । सो क्रममा मदनपुरस्कार विजेता न्यौपानेका ‘करोडौं कस्तुरी’, ‘सेतो धर्ति’ र ‘पानीको घाम’ लगायत कृति माथि अन्तरक्रिया गरियो । साहित्य, संस्कृती, कला र संगीतको विकासका लागि आधुनिक प्रविधीलाई जोडेर आकर्षक प्रस्तुती गरी संरक्षण र सम्वद्र्धनमा सहयोग गर्न बार्दलीले कार्यक्रम आयोजना गरेको फाउण्डेशनका अध्यक्ष भोजराज शर्माले बताए । कार्यक्रममा साहित्यकार न्यौपानेका कविताको सुन्दर संगितमय प्रस्तुतीका साथै उनको सफलता र संघर्षको कथालाई अन्तरक्रियात्मक र प्रश्नोत्तरको रमाईलो शैलीमा प्रस्तुत गरिएको उनले बताए ।

Womui
Womui