छाडा चौपाया नियन्त्रणको प्रयास

134

नेपालगन्ज, असोज १५-
नेपालगन्ज उपमहानगर क्षेत्रका छाडा पशु चौपायालाई नियन्त्रणको प्रयास गरिएको छ । पशु चौपायाका कारण दुर्घटनाको संख्यामा बृद्धि भएपछि नियन्त्रणको प्रयास गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिका नेपालगन्जका कर्मचारीको संयुक्त टोलीले छाडा चौपाया नियन्त्रणमा लिएका हुन् । नेपालगन्जमा छाडा छोडिएका गाई, गोरु, खच्चड, साँढे गरी ४३ वटा पशु चौपाया नेपालगन्ज विपी चोक, धम्बोझी, सेतु बिक चोक, फुल्टेक्रा सडक खण्डबाट नियन्त्रणमा लिएर नेपालगन्ज–७ फुल्टेक्रास्थित कान्जी हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui