खानेपानीबाट बन्चित हुँदा अदालतमा मुद्दा

134

नेपालगन्ज, असोज १४-
सडक बिस्तारका कारण विगत ३ वर्षदेखि खानेपानी सुविधाबाट बन्चित भएको भन्दै उपभोक्ताले अदालतमा मुद्दा हालेका छन् । नेपालगन्ज–१ धम्बोझी निवासी ७९ बर्षिय मुन्नी देवी बनेनीले उच्च अदालत तुलसीपुर इजलास नेपालगन्ज समक्ष रिट निवेदन दायर गरेकी हुन् ।

पुनरावेदन अदालत नेपालगन्ज ।
पुनरावेदन अदालत नेपालगन्ज ।

निवेदनमा खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्ज, नेपालगन्ज–कोहलपुर सडक योजना कार्यालय, खानेपानी संस्थान प्रधान कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय बाँके लगायतलाई विपक्षी बनाइएको छ । सडक विस्तारले गर्दा रोडको दायाँबायाँ बसोबास गरेका लगभग ३ सय ८१ घरधुरी उपभोक्ताहरु विगत ३ बर्ष देखि खानेपानीबाट बन्चित हुदै आएको भन्दै निवेदकले परमादेशको आदेश गर्न माग गरेकी छन् ।

निवेदनमा अगाडी भनिएको छ, ‘खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जमा विगत ३ वर्ष देखि खानेपानीको लाईन नजोडिएको अनावश्यक रुपमा महशुल लिँदै आएको र खानेपानीको लाईन जोड्न पानी पाउनका सन्दर्भमा मौखिक तथा लिखित उजुरी दिएको सो सन्दर्भमा विपक्षीहरुबाट तत्काल कानुन बमोजिम काम गर्नुपर्नेमा नगरेको आलटाल गर्दै आएका छन् ।’

Womui
Womui