घटनाको सत्य, तथ्य पत्ता लगाउन माग

24

नेपालगन्ज, असोज १२–
बाँके, मटेहिया–५ निवासी राजमती धोबीको शंकास्पद निधन भएको घटनाप्रति जिल्लाका मानव अधिकारकर्मीले ध्यानाकर्षण भएको जनाएका छन् । धोबीको गएको शनिबार राती ८ बजे शौच गर्न गएको समयमा बलात्कार पश्चात मृत्यु भएको आफन्तले दाबी गर्दै आएका छन् । विभिन्न मानव अधिकारवादी संघ, संस्थाका प्रतिनिधीले घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

श्रीमान विदेश कमाउन गएका र घरमा ससुरा र देवर मात्र रहेको समयमा शौच गर्न जादाँ राजमतीको शब फेला पर्नुले निजको हत्या ससुरा, देवर वा गाउँका अन्य व्यक्तिबाट बलात्कारपछि हत्या भएको हुन सक्ने अधिकारकर्मीको जिकिर छ । पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम कारवाहीका लागि सम्वन्धित पक्षसँग उनीहरुले जोडदार माग गरेका छन् । विज्ञप्ती जारी गर्नेहरुमा फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष अछरी पोखरेल, अधिवक्ता विश्वजित तिवारी, इन्टरनेसनल इमनेष्टीका केन्द्रिय सदस्य लक्ष्मी तिवारी, शंकल्पका शबनम परवीन, एफाका शोभना मिश्र, अधिवक्ता पुजा श्रेष्ठ, मुस्लीम समाजका रुबी खान, माइती नेपालका केशव कोइराला लगायत रहेका छन् ।

Womui
Womui