प्रमुख दल एकै ठाउँमा उभिनुपर्छ : काँग्रेस नेता श्रेष्ठ

29

काठमाडौं, असोज ८–
काँग्रेस नेता गोपालमान श्रेष्ठले संविधान संशोधन मार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

gopal

रिपोर्टस क्बलको साक्षात्कारमा बोल्दै श्रेष्ठले भने, ‘हिजो काँग्रेस–एमाले सरकारमा रहँदा माओवादी प्रतिपक्षमा थियो, त्यहीपनि संविधान जारी गर्दा उसले सहयोग गर्यो, अब एमालेले पनि संशोधनमा सहयोग गर्नुपर्छ ।’ उनले राष्ट्र र जनताको हितको लागि प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिनुपर्ने आवश्यकत्ता औंल्याए ।

Womui
Womui