संविधान दिवसमा कतै उल्लास, कतै विरोध

125

नेपालगन्ज, असोज ४–
संविधान दिवसका अवसरमा कतै उल्लास त कतै विरोध कार्यक्रम गरिएका छन् । दिवसको अवसरमा सोमबार नेपालगन्जमा विविध कार्यक्रम गरियो । संविधान दिवस मुल समारोह समितिको आयोजनामा सोमबार अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको हो । स्थानीय विकास अधिकारी जीवलाल भुसालको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो । दिवसको अवसरमा नेपाल साँस्कृतिक संघले नेपालगन्जको विपी चोकमा दीप प्रज्वलन गरेको छ । विपी चोकमा मैन बत्ती बालेर संविधान २०७२ को सम्झना गरेको नेपाल साँस्कृतिक संघ बा“केका सभापति सन्तोषराज पौडेलले बताए । सो अवसरमा नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले संविधान भनेको परिवर्तनशिल हुने हुदाँ यसको विरोध गर्नुभन्दा पनि संसोधन गरी आफ्ना मागलाई लिन सक्ने कुरा भएकाले विरोध गर्नुले कुनै अर्थ नराख्ने धारणा राखे । ‘संविधान सभाको लडाई २००७ सालबाट भएको हो, यसको नेतृत्व नेपाली काँगे्रसले गरेको कुरामा हामीहरु विश्वस्त हुनुपर्दछ,’ उनले भने ।

Deep Prajolan

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठवन्धनले संविधान दिवसलाई कालो दिनका रुपमा मनाएका छन् । मधेश र मधेशी लगायत आदिवासी जनजाती, मुस्लिमको अधिकार कुण्ठित गरी संविधान जारी गरिएको भन्दै मोर्चाले सोमबार कालो दिनको रुपमा मनाएको हो । संविधानविरुद्ध मोर्चा बाँकेले नेपालगन्जमा ¥याली, कोणसभा लगायतका कार्यक्रम गरेको छ । कालो झण्डासहित हातमा कालो पट्टी बाँधेर त्रिभुवन चोकबाट शुरु भएको विरोध ¥याली विपी चोक, धम्बोझी, सेतु बिक चोक, न्युरोड हुँदै पुनः त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । मधेसी आदिवासी जनजातीलाई वेवास्ता गरी बनाइएको संविधान आफुहरुलाई स्वीकार्य नभएको भन्दै सहभागीहरुले त्रिभुवन चोकमा संविधान जलाएका थिए ।

Birodh

कोण सभालाई सम्बोधन गर्दै मोर्चाका नेता, कार्यकताले आफुहरुका माग सम्वोधन नहुँदासम्म आन्दोलन जारी रहने बताए । तराई मधेश लोकतान्त्रिक पार्टीका सह–महामन्त्री पशुपतिदयाल मिश्रले २०६२/६३ को मधेश आन्दोलनको जगमा आएको अन्तरिम संविधानमा उल्लेख भएको अधिकार समेत अहिलको संविधानले कटौती गरेकाले संविधान संशोधन नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिए । तमालोपाका केन्द्रीय सदस्य विजय गुप्ता, बाँके अध्यक्ष गिरिजाप्रसाद पाठक, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जगदीशबहादुर सिँह, बाँके अध्यक्ष कमरुद्दिन राई, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष केशवराम बर्मा लगायतले ५ नम्वर प्रदेशको राजधानी नेपालगन्ज बनाउनुपर्ने र उच्च अदालत पनि नेपालगन्जमै राख्नुपर्ने माग गरेका थिए ।

Womui
Womui