हुम्लामा सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने भने पनि अहिलेसम्म पुगेन

50

हुम्ला, असोज ४-

Chamal

दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण जिल्लामा चामल पुग्न सकेको छ । जिल्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरे पनि अहिलेसम्म यहाँ चामल पुग्न नसकेको हो । गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन नभएको स्थानीय सारदा हितान बताउँछिन् ।  सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ । करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु-याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पु-याइएको छ । जुन अावश्यकताको तूलनामा पर्याप्त छ । यसअघि दस हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो ।सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो । सो सहमति भए पनि सेनाले अहिलेसम्म जम्मा १ सय १७ क्विन्टल चामल मात्र जिल्लामा भित्र्याउन सकेको छ ।

Womui
Womui