उच्च अदालत र राजधानी नेपालगन्जमा माग्दै कानुन व्यवसायी आन्दोलित

33

नेपालगन्ज, असोज २–
प्रदेश नम्वर ५ को राजधानी र उच्च अदालत नेपालगन्जमा गराउनुपर्ने माग सहित आज बाँकेका कानुन व्यवसायीले विरोध प्रर्दशन गर्ने भएका छन् । अहिले बिहान १० नेपालगन्जस्थित पुनरावेदन अदालतमा विरोध स्वरुप धर्ना दिन लागेका हुन् । पुनरावेदन अदालत बार एशोसियशनको अगुवाईमा आयोजित धर्ना कार्यक्रममा जिल्लामा क्रियाशिल कानुन व्यवसायी, नागरिक समाज, बुद्धिजिवी लगायत सहभागी हुने बारका अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए ।

विरोध कार्यक्रममा सहभागीता जनाउन सबै पक्षलाई आब्हान गरिएको उनको भनाई छ । पुनरावेदन बारका सचिव कृष्णप्रसाद जैसीले नेपालगन्जमै प्रादेशिक राजधानी र उच्च अदालत हुनुपर्ने मागलाई सरकार र राजनीतिक दलले बेवास्ता गरेपछि आन्दोलित हुनु परेको बताएका छन् । यसअघि पुनरावेदन बार र जिल्ला बारले सभामुख ओनसरी घर्तिलाई ध्यानाकर्षण गराएको थियो । पुनरावेदन बारका सचिव कृष्णप्रसाद जैसी र जिल्ला बार सचिव मेहरसिंह खत्रीले संयुक्त रुपमा पत्र पठाएर आर्थिक, भौगोलिक, जनसंख्या, यातायात लगायत सुविधाको हिसावले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेका थिए ।

Womui
Womui