महिला संघमा देउवा पक्षको वर्चश्व

113

काठमाडौं, असोज १-
नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्ष प्यानलले वर्चश्व जमाएको छ । शनिबार विहान सम्पन्न मतपरिणाम अनुसार महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान शनिबार १२ः१५ मा सकिएको थियो । रेग्मी २०५८ मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि अध्यक्षमा विजयी भएकी थिइन् । रेग्मी ९ सय ९८ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेले ७९६ मत प्राप्त गरेकी छन् ।

UMA-MINA

पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । यसैगरी देउवा पक्षीय धना खतिवडा महासचिवमा निर्वा्चित भएकी छन् । उनले ९९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गरेकी छन् । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी छन् । दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए ।

कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Womui
Womui