प्रधानमन्त्रीको मुख्य वातचित आज

68

काठमाडौं, भदौ ३१-
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पहिलो दिन दिल्लीमा निकै व्यस्त रहे । बिहीबार अपराह्न इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएपछि दाहाल रातिसम्म विभिन्न भेटघाट र छलफलमा सहभागी भए । भ्रमणको दोस्रो दिन शुक्रबार महत्वपूर्ण छलफल हुने कार्यतालिका बनाएका दाहालले पहिलो दिन भारतीय नेसनल पार्टीका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी तथा अखिल भारत नेपाली एकता मञ्चका आबद्ध प्रवासी नेपालीसँगको छलफलमा सहभागी भए ।

Puspakamal Dahal-Visit india

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा चारदिने औपचारिक भ्रमणमा भारत गएका दाहाललाई विमानस्थलमा विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री भएको एक महिना ११ औं दिन भारत भ्रमणमा गएका दाहालले शुक्रबार भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीसहित वित्त र विद्युतमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । भारत भ्रमणअघि नै दाहालले यसपटक भारतसँग कुनै नयाँ सन्धि, सम्झौता नहुने बताए पनि यसअघिका सहमति कार्यान्वयनमा पुनः पहल हुने परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ । दाहालको भ्रमणमा हुलाकी राजमार्ग, मुजफ्फर–ढल्केवर विद्युत प्रसारण लाइनलगायत विषयमा छलफल र सहमति हुने बताइएको छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui