हात्तीले आक्रमण गर्दा विद्यार्थीको मृत्यु

38

बर्दिया, भदौ ३०-
जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक विद्यार्थीको मृत्यु भएको छ । त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवामा कक्षा ७ मा अध्धनरत युवराज चौधरीलाई विद्यालयबाट घर फर्कने क्रममा बिहीबार डल्लामा हात्तीले आक्रमण गरेको हो । प्रहरी उपरिक्षक भरत बहादुर बोहोराका अनुसार दिउँसो करिब ४ बजे पत्थरबोझी स्थित घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको बोहोराले जानकारी दिए ।

Womui
Womui