भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालराष्ट्रपति भवनमा बास बस्दै

57

नयाँ दिल्ली, भदौ ३०–
चार दिने भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज राष्ट्रपति भवनमा बास बस्ने भएका छन् । प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल राष्ट्रपति भवनमा बस्ने भएका हुन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिईन् । प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए ।

president-house_india

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसद लगायतलाई उनीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले दिल्लीस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भोली शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्ने कार्यक्रम छ । शुक्रबार नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन् । राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्किने छन् ।

Womui
Womui