फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लिन सफल

47

काठमाडौं, भदौ ३०–
फिफाले सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लिन सफल भएको छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा यथावत छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ८६ औं स्थानमा रहेको हो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल चौथो स्थानमा रहेको छ । फिफा वरियतामा १ सय ४८ औं स्थानमा रहँदै भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान १ सय ४९ औं स्थानमा रहँदै दोस्रो स्थानमा रहेको छ ।

Fifa1

त्यस्तै ९ स्थान सुधार गरेको माल्दिभ्स १ सय ६५ औं, बंगलादेश १ सय ८५ औं, चार स्थान सुधार गरेको भुटान १ सय ८९ औं, श्रीलङका १ सय ९३ औं र पाकिस्तान १ सय ९४ औं स्थानमा रहेका छन् । त्यस्तै बेल्जियम फिफा वरियताको दोस्रो स्थानमा यथावत रहँदा विश्व विजेता जर्मनी एक स्थान सुधार गर्दै तेस्रो तथा कोलम्बिया एक स्थान तल झर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै पाँच स्थान सुधार गरेको ब्राजिल पाँचौ स्थानमा उक्लिएको छ ।

Womui
Womui