चितुवाको छाला सहित तीन पक्राउ

47

कोहलपुर, भदौ २९–
चितुवाको छाला सहित ३ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार प्रकाउ गरेको छ । कोहलपुर–११ स्थित साझा चोक अगाडी बाटोमा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको हो । प्रकाउ पर्नेमा सल्यान जिम्वालीका १९ बर्षिय गणेश बिक, नेपालगन्ज फुलटेक्राका १७ बर्षिया विष्णु रोकाय र सल्यान जिम्वालीकाकै २९ बर्षिय कृष्णबहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । कोहलपुर क्षेत्रमा वन्यजन्तुको छाला तस्करी गर्ने गिरोह नै सक्रिय रुपमा रहेको अनुसन्धानबाट आएकाले प्रहरीहरुले नै व्यापक रुपमा सुराकीहरु प्रयोग गरी आफै नै ग्राहक बनी प्रकाउ गर्न सफल भएको इप्रका कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए ।

Womui
Womui