बिद्युत समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

111

नेपालगन्ज, भदौ २९–
नेपालगन्जको बिद्युत समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ । डेलिगेशनका लागि काठमाडौं पुगेको नेपालगन्ज उद्योग बाणिज्य संघको टोलीले बुधबार प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो । चारदशक भन्दा बढी समयदेखि नेपालगन्जमा भारतीय बिद्युत वितरण गरिदै आएको छ । सम्झौता अनुसार भारतले नेपालगन्जका लागि ५ देखि १२ मेगावाट बिद्युत दिइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सामुहिक फोटो खिचाउँदै डेलिगेशन टोली ।  तस्बिर : समाजिक सञ्जाल
प्रधानमन्त्री पुष्पकमल दाहालसँग सामुहिक फोटो खिचाउँदै डेलिगेशन टोली । तस्बिर : समाजिक सञ्जाल

संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको प्रतिनिधी मण्डलले नेपालगन्जको बिद्युत समस्यालाई गम्भिरताका साथ लिइदिन आग्रह गरेको थियो । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालसँग संघको टोलीले ५ मेगावाटको सम्झौतालाई बढाएर २५ मेगावाट बिद्युत दिनुपर्ने लिखित सम्झौताको पहल गरिदिन आग्रह गरेको अध्यक्ष बैश्यले जानकारी दिए । यसअघि तत्कालिन संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले नेपालगन्ज आएका बेला माओवादी केन्द्रका अध्यक्ष दाहाललाई बिद्युत समस्या समाधानको पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो ।

दाहालले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई निर्देशन दिएपनि तत्कालिन सरकारले दिर्घकालिन समस्या समाधानका लागि ठोस निर्णय नगर्दा नेपालगन्जबासीले अहिलेपनि कठिनाई बेहोर्दै आएका छन् । डेलिगेशन टोलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालगन्जको विद्युत समस्याबारे आफू चिन्तित रहेको बताए । यसबारे भारतसँग कुरा गर्ने प्रधानमन्त्री दाहाले आश्वासन दिए ।

Womui
Womui