भ्रष्टाचारविरुद्ध सडक नाटक प्रर्दशन

97

नेपालगन्ज, भदौ २८–
भ्रष्टाचार विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास)ले बाँकेको खजुरा बजारमा मंगलबार नाटक प्रर्दशन गरेको हो । नेपालको समसामयिक अवस्था झल्कीने गरि नाटकको सुरुवातमा एक जना नेता आएर भाषण गर्न थालेपछि दर्शकहरुको भिड नै लागेको थियो । नाटक अवलोकन गरिसकेपछि जनता माध्यामिक बिद्यालयका शिक्षक खुमानन्द आचार्यले समाजमा हुने भ्रष्टाचार कसरी हुने रहेछ र त्यसपछि उसलाई पर्ने पश्चातापका बारेमा जानकारी पाएको प्रतिक्रिया दिए ।

Natak

अर्का दर्शक सुर्यमाया कुमालले भ्रष्टाचारी समाजका बाधक रहेको र त्यसका विरुद्ध सबैले लाग्नु पर्ने चेतना जगाएको बताइन् । नाटकमा जितबहादुर थापा, बिनोद शर्मा, बिनोद थापा, खेम बिष्ट, निर्मला मल्ल, कल्पनाकार्की, राष्टि बुढा, अनिल थापाले कलाकारको भुमिका निर्वाह गरेका थिए । नाटकमा बासका अध्यक्ष मन भण्डारी र बासका कार्यक्रम अधिकृत हेमराज भट्टको समेत उपस्थिती रहेको थियो ।

Womui
Womui