कर्मचारीकोभन्दा मजदुरको ज्याला वृद्धिदर बढी

46

काठमाडौं, भदौ २८-

निर्माण औंधोगिक र कृषि मजदुरको ज्यालादर  वृद्धि अन्य क्षेत्रका मजदुर तथा कर्मचारीभन्दा उच्च रहेको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण,औंधोगिक र कृषि मजदुरहरूको ज्याला बढेको छ । त्यसै गरी अघिल्लो वर्षमा मजदुरहरूको ज्याला अन्य क्षेत्रको भन्दा बढी बढेको छ । गत वर्ष तलब सूचक ०.८ प्रतिशत बढेकोमा ज्याला सूचक भने ७.२ प्रतिशत बढेको छ ।  त्यसअघि तलब सूचक ७.५ प्रतिशतले बढ्दा ज्यालासूचक ७.९ प्रतिशतले बढेको समाचार आजको कारोबार दैनिकमा छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले तलबदरको अनुपातमा ज्यालादर बढेको देखिएको हो ।

Womui
Womui