प्रधानमन्त्री दाहाललाई ६ बुँदे ध्यानाकर्षण पत्र

69

काठमाडौं, भदौ २६-“]

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त ६ बुँदे पत्रमा राष्ट्रिय हित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । सन् १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा स्पष्ट विचार राख्नेलगायतका सुझाव छन्। त्यस्तै एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको आन्तरिक मामिलामा बाहृय सरोकार वा अनावश्यक चासो नहोस् भन्ने पनि उल्लेख छ ।
Womui
Womui