निर्धन बैंकको लघु बीमा क्षतिपुर्ती

116

कोहलपुर, भदौ २२–
निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय कोहलपुरले बुधबार लघु बीमा वापतको क्षतिपुर्ति वितरण गरेको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यू हुनु भएकी बैंककी ग्राहक सदस्य स्व. पवित्रा बिष्टका पति बनकटवा–९ निवासी तिर्थबहादुर बिष्टलाई लघु बिमा क्षतिपुर्ति बापतको ४ लाख ८६ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । बैंकका क्षेत्रीय प्रवन्धक आनन्दकुमार गौतमले बनकटवास्थित सम्झना चोकमा आयोजित श्रद्धाञ्जली सभामा हस्तान्तरण गरेका हुन् ।

Rakam Hastantaran

वितरणका क्रममा उनले बैंक सदस्यमा लघुकर्जा बीमाको सुरुवात गर्नुको कारण र सोको प्रभावकारिताका बारेमा प्रष्ट्याएका थिए । स्व. बिष्ट सम्झना चोकस्थित महिला स्वावलम्बी समूहमा आवद्ध भएर कर्जा बचत कारोबार गर्दै आएकी थिईन् । यस्तै निर्धन बैंकबाट दूई पटक गरी एक लाख सत्तरी हजार कर्जा लिदाँ कर्जा बीमा बापत तिरेको बीमा रकम दुई हजार एक सय ९६ रुपैयाँ तिरेको र हाल मृत्यू पश्चात ४ लाख ८६ हजार ६ सय हस्तान्तरण गरिएको बताइएको छ । उक्त कार्यक्रममा कोहलपुर शाखा कार्यालयका प्रवन्धक शशिधर पराजुलीले लघु बीमाको महत्वबारे प्रकाश पार्दै यसले ग्रामिण परिवारमा पु¥याएको राहतबारे जानकारी दिए । स्व. बिष्टको नावालक छोराछोरीको पालन पोषण र शिक्षामा खर्च गर्न उनले अनुरोध गरे ।

Womui
Womui