सिद्धार्थ ग्रुपले ‘फुड एण्ड फन’ कार्यक्रम गर्ने तयारी

126

नेपालगन्ज, भदौ २२–
सिद्धार्थ विजनेस गु्रप अफ हस्पिटालिटी प्रालीले फुड एण्ड फन कार्यक्रम गर्ने भएको छ । यही भदौ २४ र २५ गते सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्ट नेपालगन्जमा कार्यक्रम गर्ने तयारी गरिएको हो । सिद्धार्थ बिजनेस ग्रुपले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । शुक्रबार दिउँसो ४ बजे सुरु हुने उक्त कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ख्याती प्राप्त गायक नबीन के भट्टराई, चिन्टु, दिक्षा एन्ड ब्यान्डका साथै स्थानीय कलाकारको प्रस्तुती रहने सिद्धार्थ ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन ।

कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन ।

पर्यटक भित्र्याउन सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनको भनाई छ । ‘आन्तरिक पर्यटन प्रर्वद्धनका लागि आफ्ना शाखा भएको क्षेत्रका पर्यटकिय स्थलको फोटो प्रर्दशनी गराई ती स्थानका बारेमा जानकारी दिने कार्यक्रम पनि छ,’ उनले भने । फुड एण्ड फन कार्यक्रममा सहभागी हुने दर्शकका लागि विभिन्न खानाका स्टल राखिने आयोजकले जनाएको छ । कार्यक्रममा ‘माइ मम कुक्स द बेष्ट’ अन्तर्गत गृहणीलाई विभिन्न स्वादका खानाका परिकार बनाउनका लागि तालिम दिने सिद्धार्थ गु्रपले जनाएको छ ।

Banner

तालिममा उत्कृष्ठ हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी बालबालिकाको प्रतिभा उजागर गर्ने हेतुले ‘किड्स आर्ट कन्टेस्ट’ मा चित्रकला, नृत्य लगायत विभिन्न बिधामा बौद्धिक तथा मनोरञ्जनात्मक प्रतिस्पर्धात्मक कार्यक्रम गराई उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । सिद्धार्थ विजनेस गु्रप अफ हस्पिटालिटीले नेपालगन्जपछि देशका अन्य शाखामा पनि क्रमशः यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Womui
Womui