किरियापुत्रीको नदीमा डुबेर मृत्यु

84

चितवन, जेठ २२–
चिवतनको भरतपुरस्थित शिवघाट नजिक नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको डुबेर मृत्यु भएको छ । नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीबार नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दराईको शव शुक्रबार भेटिएको थियो । घटनास्थलबाट करिव १ सय मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

Womui
Womui