सत्यनिरुपण आयोगमा ‘पारदर्शिता’ विवाद

41

काठमाडौं, फागुन १०–
सत्यनिरुपण तथा मेलमिलाप आयोगका निर्णयको पारदर्शितालाई लिएर यसका अध्यक्ष र सदस्यबीच विवाद चुलिएको छ । यही विवादक्रममा आयोग प्रवक्ताबाट सदस्य माधवी भट्ट पराजुलीलाई हटाई सम्पूर्ण अधिकार अध्यक्ष सूर्यकिरण गुरुङले आफूमा केन्द्रित गरेका छन् । आयोगका निर्णय मिडियामा जान लागेपछि आफूले यसो गर्नुपरेको गुरूङले बताए । आयोग गठन भएको एक वर्षसम्म नियमावली मस्यौदा कुरेर बसेका आयोग अध्यक्ष र सदस्यबीच जिल्ला भ्रमणको विषयमा मतभेद बढेको हो ।

विशेषगरी राज्यबाट भएको मानव अधिकार उल्लंघनका क्षेत्रमा भ्रमण भए पनि माओवादी ज्यादती भएको चितवनको बाँदरमुढे जाने पूर्वनिर्धारित निर्णय अनुरुप काम नभएको समाचार सार्वजनिक भएपछि आयोगमा विवाद चुलिएको हो । चितवनको बाँदरमुढे घटनाको स्थलगत अनुगमन गर्नेरनगर्ने विषयमा आयोग अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य तथा प्रवक्ता माधवी भट्टबीच केही दिनदेखि विवाद हुँदै आएको थियो । आयोगले गर्ने प्रत्येक निर्णय विधिसम्मत हुनुपर्ने र यसअघि भएका निर्णयमा परिवर्तन हुने हो भने त्यसलाई पनि निर्णयबाटै परिवर्तन गर्न सकिने राय भट्टले राख्दै आएको बताइन् ।

www.nagariknews.com

Womui
Womui