कोहलपुरमा व्यापार मेला सुरु

173

नेपालगन्ज, फागुन ६–
कोहलपुरमा शुक्रबारबाट बाँके औद्योगिक व्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सव सञ्चालनमा आएको छ । महोत्सवको कार्यक्रमका प्रमुख अतिथी एवम् उद्योग मन्त्री शोमप्रसाद पाण्डेले एक समारोहका बीच उदघाटन गरे । कोहलपुर उद्योग ब्यापार संघको आयोजनामा सञ्चालनमा आएको मेला फागुन १६ गतेसम्म चल्ने बताइएको छ ।

KHP Mela Uthghatan

पश्चिम नेपालको सान, हरित कोहलपुर हाम्रो पहिचान’ भन्ने नाराका साथ उक्त मेला न्यूरोडमा सञ्चालन भएको छ । मेलामा ३ सय २० वटा स्टल राखिएको कोहलपुर उद्योग व्यापार संघले जनाएको छ । महोत्सव उद्घाटन हुनु भन्दा अगाडी कोहलपुर बजारमा ¥याली निकालिएको थियो । महोत्सव सञ्चालन अवधीभर विभिन्न कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Kohalpur Mela Pic 1

Kohalpur Mela Pic 3

Womui
Womui