ट्रान्सफर्मर पड्किदाँ दुईको मृत्यु

48

मकवानपुर, मंसिर २३–
मकवानपुरको हाँडीखोला–३ मसिनेमा विद्युत ट्रान्सफर्मर पड्किदाँ दुई जनाको मृत्यु भएको छ । हाँडीखोलमा रहेको ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट लाग्दा घरमा रहेका सर्वसाधारणलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि ल्याइएका ७ जना मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हाँडीखोला ४ बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी ठूलीमाया मोक्तान रहेका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गाउँमा अन्य धेरै घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui