फोहर व्यवस्थापन कार्य सुरु

97

भगीरथ अवस्थी
बैतडी, कात्तिक २२
जिल्लाको पाटन बजार क्षेत्रमा रहेको फोहर व्यवस्थापनका लागि पाटन नगरपालिकाले आफ्नो कार्य थालेको छ । फोहर व्यवस्थापनका लागि यस अघि नै टिपर खरिद र डम्पिङ साइडको व्यवस्था गरेको नगरपालिकाले टिपर चालक नियुक्त गरेर फोहर व्यवस्थापन कार्यको सुरुवात गरिसकेको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए । टिपर चालकको नियुक्तिसँगै बजारमा रहेको फोहरलाई डम्पिङ साइडमा व्यवस्थापन गर्ने कार्यको सुरुवात गरिएको छ । पाटन बजार क्षेत्रबाट टाढा रहेको घांगल खोलामा डम्पिङ साइडको व्यवस्था गरिएको छ । बजार क्षेत्रमा रहेको फोहर व्यवस्थापन कार्य सुरु भएसँगै पाटन बजार पहिलाको भन्दा सफा देखिएको छ । नगर क्षेत्रलाई सफा राख्न नगरपालिकाको एक्लो प्रयास मात्रै सार्थक नहुने भएकाले बजारमा रहेका व्यवसायीले पनि सहयोग गर्नु पर्नेमा कार्यकारी अधिकृत ओडले जोड दिए । आफ्नो पसल तथा घरबाट निस्कने फोहरलाई एक ठाउँमा जम्मा गरेमा त्यसलाई व्यवस्थापन गर्न सजिलो हुने भएकाले यसतर्फ सबैले सोच्नु पर्नेमा नगरपालिकाले जोड दिएको छ ।

Womui
Womui