नेपालगन्जमा अझैपनि संविधानको उत्सव

153

नेपालगन्ज, असोज ६–
नयाँ संविधान जारी भएको खुसियालीमा नेपालगन्जमा बुधबार पनि दीप प्रज्वलन गरिएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल, आम नागरिक सञ्जाल र शान्तिका लागि साझा अभियान बाँकेले संयुक्त रुपमा विपी चोकमा दीप प्रज्वलन गरेका हुन् । 

दीप प्रज्वलन गर्दै पुर्व सभासद मोहम्मदी सिद्धिकी लगायत ।
दीप प्रज्वलन गर्दै पुर्व सभासद मोहम्मदी सिद्धिकी लगायत ।

पुर्व सभासद मोहम्मदी सिद्धिकी, महिला मानव अधिकार रक्षक सञ्जाल बाँकेकी अध्यक्ष अछरी पोखरेल, अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष नारायणी रुपाखेती, सचिव विजया धिताल, फातिमा फाउण्डेसनका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य नन्दा शर्मा, नेपाल मुस्लिम समाजका पदाधिकारी, अन्तरपार्टी महिला सञ्जालका पदाधिकारी, महिला मानवअधिकार रक्षक सञ्जालका पदाधिकारी, आम नागरिक सञ्जालका पदाधिकारी लगायत ४ दर्जन बढीको सहभागितामा दीप प्रज्वलन गरियो ।
2

सो अवसरमा बोल्दै प्रमुख अथिती पुर्व सभासद सिद्धिकीले नयाँ संविधानले महिला, दलित, जनजाति, मुस्लिम, थारु लगायत धेरैका अधिकारहरु समेटेको बताईन् । सात दशकदेखि आउन नसकेको संविधान ल्याउन सफल भएकोमा दीप प्रज्वलनका सहभागिले सभासद, सभामुख, उपसभामुख, राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दल लगायत सम्पुर्ण नेपाली जनतालाई धन्यवाद दिएका थिए ।

Womui
Womui