चलचित्र पत्रकार बाँकेमा रामचन्द्र चयन

84

नेपालगन्ज–चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । आइतबार नेपालगन्जमा सम्पन्न समिति पुनर्गठन कार्यक्रममा अध्यक्षमा पौडेलसहित ११ जनाको समिति गठन भएको हो ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समिर बलामीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा विक्रम बुढाक्षेत्री, सह–सचिवमा लक्ष्मी तिमिल्सिना र कोषाध्यक्षमा निशु जोशीलाई चयन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । वि.स. २०७५ सालमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको गठन गरिएको थियो ।

Womui
Womui