कांग्रेस कार्यालयमा लागेको ताला १२ दिनपछि खुल्यो

23

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा गत जेठ १८ गते लागेको ताला १२ दिनपछि आइतबार खुलेको छ । असन्तुष्ट पक्षसँग आइतबार भएको वार्तामा ताला खोल्ने सहमति भएपछि आइतबार विहान ताला खुलेको जिल्ला सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धती बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत भई पार्टी कार्यालयमा लगाइको ताला खोल्न असन्तुष्ट पक्ष सहमत भएको जनाइएको छ । असन्तुष्ट पक्षले विधि विधान विपरीत जिल्ला कार्यसमितिले विभिन्न मनोनयन गरेको दाबी गर्दै तालाबन्दी गरेको थियो ।

Womui
Womui